
पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु
३ कात्तिक, काठमाडौं । कास्कीमा सोमबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल रहेका छन् ।
पोखरा महानगरपालिका-५ माछापुच्छ्रे टोलमा किराना पसल सञ्चालन गरी बस्दै आएका दाहाललाई पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]