फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

२७ भदौ, जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ ।

जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु