
टिभिएसको एओजि राइड बेलौरीमा सम्पन्न
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्सकाे आयाेजना तथा पुनर्वास-बेलौरी क्षेत्रका लागि आधिकारिक बिक्रेता पि एन्ड बि अटो ट्रेडर्सको संयाेजनमा शनिबार (असार ३० गते) बेलौरी देखि प्यारा ताल हुँदै सम्राट होटल सम्म एओजि राईड सम्पन्न भएको छ।

कञ्चनपुरमा बढ्दै गरेको टिभिएसकाे बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर बिक्रम बाेहराले जानकारी दिए। यो बर्ष सुदुरपश्चिम क्षेत्रमा मात्रै नाईट राईड सहित ३० बढी राईड आयोजना गर्ने योजना रहेको उनले बताए।

बेलौरीमा टिभिएसकाे आधिकारिक बिक्रेताकाे रुपमा नियुक्त भएपछि पहिलो पटक यस किसिमकाे राईड सम्पन्न गराउन पाउँदा निकै खुसी रहेकाे बेलौरी टिभिएसका संचालक प्रविन थापाले बताए।
एओजि राईड अपाचे बाईक राईडरहरुकाे कम्युनिटि बिल्डिङ्ग गर्नकाे लागि भनेर तयार गरिएको संस्था हाे। यसमा अपाचेका राईडरहरु मात्रै समावेश हुन पाउँछन्।


सुदुर पश्चिम क्षेत्रका एओजि मार्सल रुपेश बिककाे नेतृत्वमा सौहार्द वातावरणमा एओजि राईड सम्पन्न भएकाे हो। राइडमा सुदुर पश्चिम का लोकप्रिय टिकटकर लोकेश पाल ठकुरी लगायत २० राईडरको सहभागीता थिए।
हाल नेपाली बजारमा अपाचीकाे ५ वटा सिरिज बिक्रि भई रहेका छन।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



