पूर्वी चितवनमा हावाहुरीले केरा खेतीमा क्षति, करिव ९० लाख रुपैयाँको केरा नष्ट

चितवन , ३० बैशाख पूर्वीचितवन क्षेत्रमा पानी सहित आएको हावाहुरी लाखौंको क्षती भएको छ । पूर्वीचितवनको कुमरोज , सलौली लगायतको क्षेत्रमा लगाइएको केराखेतीमा मंगलबार दिउँसोको हावाहुरीले धेरै क्षती गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ , १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षती गरेको चितवन केरा उत्पादक कृषक संघका अध्यक्ष माधव घिमिरेले जानकारी थिए ।

खैरहनी र रत्ननगरको दक्षिण क्षेत्रमा लगाइएको करिब ४५ बिगाहको केरा नष्ट हुदाँ करिब ९० लाखको आर्थिक क्षती पुगेको स्वर्णीम एकिकृत कृषक समूहका अध्यक्ष ऋषि गुरुङले बताए । समूहमा १७ जना कृषक आवद्ध भएको र हरेक किसानले लगाएको केरामध्य करिब ५ बिगाहको केरामा क्षती भएको उनले बताए । समूहमा आवद्ध प्रत्येक किसानहरुले १० बिगाहदेखी २० बिगाह जग्गामा केराखेती गर्दै आएका छन् ।

आफूले लगाएको केरामध्य करिब ८ हजार बोट केरा ढलेको जसको कारण करिब ३२ लाखको क्षती भएको गुरुङले बताए । बेच्नको लागि तयार हुन लागेको केरा नष्ट हुदाँ किसानलाई मार परेको छ ।त्यस्तै १२ बिगाह क्षेत्रमा केराखेती गरेका अर्जुन चौधरीको करिब ४० प्रतिशत केराको बोट ढलेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु