भोलीदेखि ताप्लेजुङमा सिरीजंघा महोत्सव सुरु हुदै

ताप्लेजुङ । कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उदेष्यका साथ आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सव २०८२ भोली बैशाख १३ गतेबाट सुरु हुने भएको छ ।

सिरीजंघा गाउपालिका, ताप्लेजुङद्धारा आयोजित सो महोत्सव समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित याम्फूदिनको नयाँ झोरेनीमा आगामी बैशाख १५ गतेसम्म चल्नेछ । सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत जलवायु परिवर्तनको असरबारे अध्ययन, कंचनजंघा साहसिक पदमार्गको अवलोकन, कंचनजंघा साहसिक पदमार्ग हाफ म्याराथुन प्रतियोगिता २०८२, स्थानीय याक, चौरी प्रवर्द्धन तथा प्रर्दशन र कला, साहित्य तथा संगीत कार्यक्रमहरु आयोजना हुनेछन् ।
कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको विजेताले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सिरीजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले बताउनुभयो ।

महोत्सवको अन्तीम दिन बैशाख १५ गते हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, कवि नवराज पराजूली, गायक भीम लिम्बू, गोविन्द लिम्बू, प्रितीका बेघासंगै रंगकर्मी विष्णु मोक्तान र हाँस्य कलाकार प्रकाश लिम्बू रियोको विशेष प्रस्तृति रहने आयोजकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्