अमेरिकी सेनाका लागि सामसुङको विशेष फोन

विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना नियमित उत्पादनहरुका अतिरिक्त कतिपय विशेष संस्करण समेत बजारमा ल्याउने गर्दछन्, खासगरी विशेष रुची तथा क्षेत्रका आफ्ना फ्यानहरुलाई लक्षित गरेर ।

तर सामसुङ कम्पनीले भने अमेरिकी सेनाकै लागि भनेर विशेष फोन उत्पादन गरेको छ ।

सामसुङले सैन्य प्रयोगका लागि लक्षित गर्दै एक विशेष संस्करणको फोन डिजाइन गरेको हो । गत मे महिनामा आधिकारिक रुपमा घोषणा गरिएको उक्त स्मार्टफोन गत हप्ताबाट मात्रै अमेरिकी सरकार तथा त्यहाँको रक्षा मन्त्रालयलाई उपलब्ध गराइएको छ ।

सामसुङ ग्यालेक्सी ए२० ट्याक्टिकल इडिसन नाम दिइएको उक्त फोन अमेरिकाको संघीय सरकार र रक्षा मन्त्रालय मातहतका कार्यहरुका लागि तयार गरिएको हो ।

सामसुङले भनेको छ, ‘ग्यालेक्सी एस २० ट्याक्टिकल इडिसन फोन केवल लक्षित योजना, तालीम, अपरेसन तथा सो सँग सम्बन्धित दैनिक प्रयोगका लागि हुनेछ ।’

हालका लागि उक्त फोन सर्वसाधारणले खरीद गर्न पाउदैनन् । अमेरिकाका निकै सिमित सरकारी संयन्त्रबाट मात्रै उक्त फोन बिक्रि गरिएको छ ।

यो फोनमा ट्याक्टिकल रेडियो, ड्रोन फिड्स, लेजर रेन्ज फाइन्डर्स, एक्स्टर्नल जिपिएस जस्ता सैनिक मिसनमा आवश्यक फिचरहरु उपलब्ध छन् ।

Sagoon Host

साथै यो फोनमा नाइट भिजन मोड, स्टिल्थ मोड लगायतका विशेष फिचरहरु समेत रहेका छन् । यी फिचरहरुले सैनिकहरुलाई रातको समयमा नाइट भिजन चस्मासँग फोनको प्रयोग गर्नका साथै फोनको सिग्नललाई अन्य उपकरणहरुले पत्ता लगाउन नसक्ने गरी गोप्य ढंगले सञ्चार सम्पर्कमा प्रयोग गर्न सम्भव तुल्याउनेछ ।

यो फोनको डिस्प्लेमा अटो टच सेन्सिटीभिटी रहेको छ, जसका कारण हातमा पञ्जा लगाएर समेत फोन चलाउन सकिनेछ । यसमा ६४ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ, जसले ८के भिडियो रेकर्ड गर्न सक्दछ ।

यो विशेष संस्करणको फोन सामसुङ नक्स नामक मोबाइल सेक्योरिटी प्लाटफर्ममा तयार भएको छ जसले फोनलाई अत्यधिक सुरक्षा प्रदान गर्दछ । एजेन्सीको सहयोगमा

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु