“एउटै मुटु” सार्वजनिक, सागर गौतमको अभिनयमा पहिलो प्रस्तुति

हालै युट्युबमा “एउटै मुटु” शीर्षकको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा धनगढीका सागर गौतमको अभिनय समेटिएको छ। निर्देशक प्रकाश धितालको निर्देशनमा बनेको उक्त गीतमा गौतमसँगै चर्चित टिकटक मोडल स्मारिका ढकालरमेश दियालीले पनि अभिनय गरेका छन्। यो भिडियो मार्फत सागर गौतमले मोडलिङ क्षेत्रको आफ्नो यात्रा आरम्भ गरेका छन्। उनले आगामी दिनमा पनि अभिनयमा निरन्तर लागिरहने इच्छा व्यक्त गरेका छन्।

निर्देशक धितालका अनुसार “एउटै मुटु” गीतले माया, प्रेममा आएको अविश्वास र धोका जस्ता यथार्थ घटनालाई उजागर गर्ने प्रयास गरेको छ। आजको सामाजिक परिवेश र त्यसले निम्त्याउने भावनात्मक अवस्थालाई प्रस्तुत गर्न खोजिएको उनले बताए। गीतमा सुवास घटानीको स्वर रहेको छ भने शब्द अविनाश शंकर र देवेंद्र नेवाले लेखेका हुन्। टेकेन्द्र शाहको सम्पादनमा तयार पारिएको भिडियो सोम गुरुङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु