मध्यविन्दुमा सुरू हुन सकेन निर्वाचन प्रक्रिया

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सोमबार नेपाली कांग्रेस मध्यविन्दु नगर अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया सुरू हुन सकेन । सहमतिका लागि भन्दै प्रतिनिधिहरुले समय मागेपछि निर्वाचन प्रक्रिया सुरू हुन नसकेको हो ।

मध्यविन्दु निर्वाचन संयोजक मीनबहादुर दाहालका अनुसार सोमबार उमेदवारी मनोनयनका लागि फाराम वितरण भएको थियो । मंगलबारबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

मध्यविन्दुमा कुलबहादुर गुरूङ र दोमन भण्डारी नेतृत्वको दुईवटा प्यानल घोषणा नै गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु