
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
३ कात्तिक, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सोमबार अपराह्न मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी-७ थपप्टटलीमा भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए ।
उनका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


