सिरिजङ्घाको आगामी बजेट ५३ करोड ७७ लाख

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागी ५३ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम सोमबार सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावोले आगामी आर्थिक वर्षका लागि ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट १५ औं गाउँ सभाको दोस्रो बैठकमा पेश गर्नुभएको थियो ।

गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय रुपैया, आर्थिक विकासतर्फ २ करोड रुपैया, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । यसैगरी वन,वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख रुपैया, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख र समपुरक कोषतर्फ ९० लाख रुपैँया विनियोजन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्