नेताजी, ढुक्क हुनुस्…………

नेताजी ढुक्क हुनुस्, निस्फिक्री बन्नुस्
जति गर्नुपर्ने कुकर्म गर्नुस्
सहकारी ठगनुस्, अरबौ भ्रस्टचार गर्नुस्
रति पनि चिन्ता नगर्नुस्
हामी झोले दास छदै छौ
कृषि प्रधान देश हो नेपाल
गाँउका लेक बेंसी खर्कमा
गोरु, भेडाबाख्रा, सुँगुर, बंगुर
कुकुरका बथान नै बथान गोठमा
खोरमा गुवालीमा खोल्मामा
पालिएका बाँधिएका छन्
मात्रै यी पशुलाई एक छाक खाना
एक चोक्टा मासु पानिको सट्टा
एक बोतल रक्सि जुठो होस्
चोखो होस् यिनलाइ मतलब छैन
फोहोरै भए नि मतलब छैन
भए पुग्छ !

कोहि पत्रकार कोहि बुद्दिजीबी
कोहि डाक्टर कोहि बिद्यार्थी कोहि वकिल
कोहि कलाकारको मुखुण्डो भिरेका
कोहि केहि नभएका
गिदीमा लिदी भरिएका
आँखामा फुलो परेका
दिमागमा खिया लागेका
मानब रुपी दुइखुट्टे पशु
जताततै पाईन्छन्
तपाई स्वतन्त्र न्यालय भन्दै गर्नुस्
लोकतन्त्रमा कानुनी राज्य भन्नुस्
अदालत प्रहरी निजामती कानुनको
सम्मान गर्छु भन्दै गर्नुस्
तर मलाई फसाइयो पनि भन्दै गर्नुस्
हामी झोले दास तपाईका लागि
गोरु भेडा सुँगुर बंगुर कुकुर
दिमागमा खिया परेका
आँखामा फुलो परेका
गिदीमा लिदी भरिएका
दुइखुट्टे पशु
सडक देखि सदनसम्म
भेला गर्दै हजुर जस्तो चोर चण्डाल
ठग भ्रस्टचारीको जयजयकार मनाउछौ
धन्धा नामानुस् चिन्ता नलिनुस्
हामी झोले दासको तर्फबाट
हजुर जस्तो बहुरुपी बहु उपयोगी
मानबको सेवामा हजार पटक
हाम्रो शिर निहुराएर सास्टाङ्ग दण्डवत छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्