बीबीएल ड्राफ्टमा खकुरेलको देश क्यानडा, खास कुरो के हो ?

६ भदौ, काठमाडौं । अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् ।

तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।

नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने होइनन् । उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताए ।

क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताए । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडा गएको होइन है ।’

बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ । पहिलो पटक विदेशी खेलाडीको ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ । यसअघि होबार्ट हुरिकेनबाट खेलेका सन्दीपलाई होबार्टले ड्राफ्ट अघि रिटेन पनि गर्न मिल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु