सहकारी ठगलाई उन्मुक्ति दिन खोजेको भन्दै बीपी कांग्रेसको गम्भीर आपक्ति

काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले सहकारी ठगी छानविन गर्न बनेको विशेष संसदीय छानविन समितिले सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई किटानीका साथ कारवाहीको सिफारीस गरे पनि सरकारले उनिहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।


पार्टीका सभापति सुशीलमान शेरचनको अध्यक्षतामा हालै बसेको केन्द्रिय समितिको विस्तारीत बैठकले सहकारीको रकम अपचलन गरेकाहरुलाई महान्यायधिवक्ताको कार्यालयले रकम फिर्ता गरे कारवाही नहुने भनि गरेको निर्णयको कडा शब्दमा निन्दा गरेको छ । साथै सहकारीको १५ करोड रकम अपचलन गरेको आरोप लागेकी संगीता तामाङलाई परराष्ट्र मन्त्री आरजु राणाको सिफारीसमा मन्त्रीपरिषद्ले सहकारी बोर्ड सदस्यमा नियुक्त गरेको भन्दै बीपी कांग्रेसद्धारा जारी विज्ञप्तिमा तामाङलाई तुरुन्त बोर्ड सदस्यबाट हटाई सहकारी ठगी प्रकरणमा कारवाही अघि बढाउन माग गरेको छ ।

सरकारले अभियन्ता दुर्गा प्रसाईलाई पुर्वाग्रहपुर्ण ढंगले गिरफ्तार गरेको आरोप लगाउदै प्रसाई र उनका सहयागीहरुलाई विनासर्त अविलम्व रिहाइ गर्न समेत माग गर्दै बीपी कांग्रेसले मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति, अराजकता, मूल्यवृद्धि, धर्मनिरेक्षता, संघीयता र समानुपातिक निर्वाचन प्रणालीको विरुद्धमा निकट भविष्यमै जनआन्दोलन गर्ने तयारी गरेको पार्टी सभापति शेरचनद्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्