ध्रुब प्रसाद अंम्गाई , नेपाली गीत संगीतका दह्रिला खम्बा जसले बजारमा ल्याउदै छन यती धेरै गीत

काठमान्डौ- प्रभाबशाली गीतकार ध्रुब प्रसाद अंम्गाई  कोरोना माहामारीका कारण अलपत्र परेका स्वदेश तथा बिदेशमा रहने नेपाली दाजु भाई दिदी बहिनिहरुको पिडा लाई समेट्दै अत्यन्त मार्मिक, मन छुने अनी आँखा रसाउने गीत ‘तिमी लाई सन्देश ‘ बजारमा ल्याउने अन्तिम तयारीमा छ्न।
आगामी असोज १६ (अक्टुबर २ ) नेपाली समय २ बजे हेमन्त कान्छा रसाइली नामक यूटुब च्यानल बाट रिलिजको तयारीमा रहेको उक्त गीतले दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्ने आशा लिएको गीतकार अंम्गाई बताउछन।

गीतकार अंम्गाई आफै पनि बिगत लामो समय देखी प्रबासमा बस्दै आएका छन।
ध्रुब प्रसाद अंम्गाई
गीतकार ध्रुब प्रसाद अंम्गाई
Sagoon Host
अंम्गाईको शब्द तथा चर्चित संगीतकार एबम समाजसेवी सुनिल मास्केको संगीत रहेको यस् गीतमा नेपालका चर्चित सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वर रहेको उक्त गीत एउटा अत्यन्त फरक सामाजिक परिबेसलाई समेटिएको, प्रदेसी छोरा र श्रीमानको ब्यथामा आधारीत दशै तिहार र कोरोना माहामारी सङ जोडिएको कथामा आधारित रहेको जनाइएको छ ।
20% OFF SAGOON
गीतको सम्योजन भने प्रदिप श्रेष्ठले गरेका हुन। गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ्ग गरेका हुन।
हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियोलाई निर्देशक युवराज वाइबाले गरेका हुन भने निस्चल पौडेलले खिचेका हुन।

 

गीतको प्रोमो हेर्नुहोस्  

अन्य गीतहरु पनि आउने क्रममा …

केही समय पस्चात तुरुन्तै अन्य गीत हरु पनि आउने तयारीमा रहेको जानकारी हाम्रो टीमलाई प्राप्त भएको छ।
चर्चित संगीतकार अर्जुन पोखरेल संगको सहकार्यमा काले केटा २ को भिडियोको काम पनि अन्तिम चरणमा रहेको जनाइएको छ ।
गीतमा अर्जुन पोखरेलको संगीत, गायिका दुर्गा खरेल (पोखरेल) र निशान भट्ट्राई को आबाज रहेको गीतकारले जानकारी दिएका छन ।
भिडियोमा चर्चित नायक पल शाह , नायिका पूजा शर्मा साथै नायक आकाश श्रेस्ठको अभिनय रहेको छ।

काले केटा २ को फस्ट लूक…..
काले केटा २

 

उनकै शब्दमा अर्को गीत पनि आउने तयारीमा रहेको छ ‘माया हे माया….
गायक राज सागर र गायिका बिन्दु परियारको स्वर रहेको उक्त गीतको भिडियोमा अभिनय भने जि बि चिरन (चिरन्जीबी सापकोटा- जो अहिले नेपाली म्युजिक क्षेत्रका
आशा लाग्दा र उदयमान मोडलको रुपमा स्थापित हुने तयारीमा छन) र सुन्दरी मोडल शुशीला थापाको रहने भएको छ।

‘माया हे माया’ को फस्ट लूक…..

he maya

प्रताप दास र रचना रिमालको आबाजमा असोज २२ मा रेकडिङ हुदै ‘तिमी राधा म कृष्ण ‘

राज सागरको सङ्गीतमा रहेको ‘तिमी राधा म कृष्ण’ बोल को गीत यही असोज २२ मा रेकडिङ हुदै छ भने भने अरु ५ वटा गीतहरु पनि संगीत सम्योजनको क्रममा रहेको
कुरा हामीलाई जानकारी प्राप्त भएको छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन कुशल एबम सामाजिक परिबेशलाई यथर्त चित्रण गाराउने एक प्रभाबशाली गीतकार हुन ध्रुब प्रसाद अंम्गाई।
उनका नजुरेको लगन, मन खोलेर गाउ है गीत, नभुल्न सक्ने, घरमा कुरा अनी मखमली चोली जस्ता धेरै चर्चित गीतहरु बजारमा आईसकेका छन।
उनै सर्जक अंम्गाईलाई हाम्रो धेरै धेरै शुभकामना।# ध्रुब प्रसाद अंम्गाई 

 

उनका गीतहरु हेर्नुहोस्

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु