चलचित्र चे को काठमाडौ विशेष प्रर्दशनी असोज १५ मा

काठमाडौं । सागर केरुङको निर्देशन तथा मुख्य भूमिका रहेको आदिवासी चलचित्र “चे”को आगामी असोज १५ गते काठमाडौको कमलपोखरीस्थित बिग मुभिज, सिटी सेन्टरमा विषेश प्रर्दशनी हुने भएको छ ।

याक्थुङ फिल्मसले निर्माण गरेको उक्त चलचित्रको काठमाडौ विशेष प्रर्दशन सम्पन्न गर्न हालै समाजसेवी सलमान थलङको अध्यक्षतामा ११ सदस्यीय चे चलचित्र प्रर्दशन समिति, काठमाडौं गठन गरिएको छ । सो समितिको अर्थ संयोजकमा इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम, निशा तुम्वापो, कुमारी फियाक र जुनु माङलाक रहेका छन् ।

प्रर्दशन उन्मुख चलचित्र चे मा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशाम तुम्वापो, पूर्ण सेलिङ, नुनाम केरुङ, राजु घिमिरे, तीर्थ मादेम्बा, रत्ना लिङदेन लावती, उदय बेघालगायतका कलाकारहरुको अभिनय रहेको छ । वरिष्ठ क्यामरामेन युवराज राईले छायांकन तथा सम्पादन गर्नुभएको चलचित्र चे का निर्माताहरुमा सागर केरुङसंगै इन्दू फोम्बो र सुबु लिम्बु थाम्सुहाङ छन् । बुद्धराज लिम्बु र सागर केरुङको संगीत, मोनी ताम्लीङको पाश्र्व संगीत रहेको सो चलचित्रमा इन्दू फोम्बो, मोनी ताम्लिङ, नोगेन लिम्बु हाङसुरुम्बा, राजेन्द्र केरुङ र तुलसा लिम्बुको स्वर सुन्न सकिन्छ ।
यसैगरी उक्त चलचित्रको ड्रोन पायलट तथा लाइन इडिटर पर्शु थलङ रहेको निर्माण पक्षले जनाएको छ ।

सो चलचित्रको निर्माण खर्च उठीसकेपछि बचेको सम्पूर्ण रकम पाँचथरको फिदिम सुम्हालुङ यकमा याक्थुङ फिल्मसद्धारा निर्माणाधीन मुन्धुम निशाम हिम र मुन्धुम थिएटरमा खर्च गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्