विभिन्न पार्टी त्याग्दै बीपी कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसलगायतका दलहरु परित्याग गरि एक दर्जनभन्दा बढीले हालै नेपाली कांग्रेस(बीपी) प्रवेश गरेका छन् ।

बीपी कांग्रेसको बागमति प्रदेश, काठमाडौं क्षेत्र नं. १० मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमका अवसरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाल कांग्रेस(बीपी)का सभापति सुशीलमान शेरचनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभापति शेरचनले हालै पुर्पक्षका लागि थुनामा पठाइएका तपस्वी रामबहादुर बमजनलाई फसाईएको र गणतन्त्र नेपालका नेताहरुले नेपालका हिन्दू, बौद्ध, मुस्लिम, इसाई र किराँत धर्मावलम्बीहरुबीच धार्मिक द्धन्द्ध सिर्जना गर्न खोजीरहेको आरोप लगाउनुभयो । यसैगरि उहाँले जनताको अर्बौ रुपैयाँ डुबेको ग्यालेक्सी फोरके टेलिभिजनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको १५ प्रतिशत शेयर रहेको भेटिसक्दा पनि सिआईबी मौन रहेकोमा आश्चर्यसमेत प्रकट गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्