जनजाति समुदायका युवालाई नेतृत्व सुम्पिदै अध्यक्षबाट बिदा भए स्वागत नेपाल

काठमाडौं । विगत १२ बर्षदेखि स्वतन्त्र राष्ट्रिय अभियानका संस्थापक अध्यक्षका रुपमा राईट टु रिजेक्ट र रिकलसहितको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको मुद्दा उठाईरहेका स्वागत नेपालले आफ्नै प्रस्तावमा अभियानको अध्यक्षको जिम्मेवारीबाट बिदा लिएका छन् ।

केही समय अघि सम्पन्न अभियानको २ दिने राष्ट्रिय अगुवा नेतृत्व भेलामा नेपालले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राखेका थिए । सोही बमोजिम हिजो सकिएको ३ दिने केन्द्रीय परिषद् बैठकले उहाँलाई बिदा गरेर रामेछाप जिल्ला अध्यक्ष रहेका आदिवासी, जनजाति समुदायका किरण सुनुवारलाई नयां अध्यक्ष चयन गरेको छ । यसैगरि यसअघि अभियानको महासचिव रहेका अधिवक्ता तथा महाकाव्यकार कृष्ण प्रसाई पनि उक्त जिम्मेवारीबाट अलग भएका छन् । नयां महासचिवमा सोही बैठकले उन्नत लोकतन्त्र पार्टीका प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव दुर्गा बस्नेतलाई जिम्मेवारी दिएको छ । बांकी कार्यसमिति भने चयन हुने प्रक्रियामा रहेको बताईएको छ ।

निवर्तमान अध्यक्ष नेपालले नवनियुक्त अध्यक्ष सुनुवार र महासचिव बस्नेतलाई बधाई दिदै आफ्नै फेसबुक एकाउण्टमा लेखेका छन्, “किरणजी र दुर्गाजीलाई हार्दिक बधाई छ । आशा एवम् विश्वास छ कि हामीले १२ वर्षअघिदेखि उठाएर सर्वोच्च अदालतबाट निर्देशनात्मक गराएको राइट टु रिजेक्ट र रिकल लगायतको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको नयाँ युग प्राप्त गर्न उहाँहरुको ऐतिहासिक योगदान हुनेछ ।”

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्