तुम्वाहाम्फेको नयाँ पुस्तक विजातवाद विचार सार्वजानिक

काठमाडौं । अधिवक्ता एसएम तुम्वाहाम्फेले आफ्नो नयाँ पुस्तक “विजातवाद विचार(मानवता र न्यायको खोजी)” संघीय राजधानीको माइतीघर, मण्डलाबाट पृथक ढंगले सार्वजानिक गरेका छन् ।

माइतीघर मण्डलाको सडकपेटीमा विना औपचारिक कार्यक्रम सो पुस्तक खरिद गर्ने पहिलो व्यक्तिमार्फत नै कृति विमोचन गरिएको थियो । लेखक तुम्वाहाम्फेले पुस्तकमा मानव विकासक्रमको सबैभन्दा ठूलो अवरोध जातिवादमा आधारित सेन्डिकेट नै हो भन्दै जातिवादको समाधानका रुपमा विजातवाद विचारलाई अघि सारेका छन् । लेखकलाई शुभकामना दिदै पुराना राजनीतिज्ञ तथा सांस्कृतिक अभियन्ता चन्द्रप्रसाद योङ्याले विजातवादको गन्तव्य सुनिश्चित रहेको तर जातिवादी भाइरसबाट उत्तिकै सतर्क रहनुपर्ने औल्याएको पाइन्छ । उनको यसभन्दा अघि अर्को वैचारिक पुस्तक राजनीतिभित्रको राजनीतिभित्र प्रकाशित भईसकेको छ ।

तुम्वाहाम्फे वकालत, राजनीतिक अभियान, लेखनसंगै पछिल्लो समय गीतसंगीतमा समेत सक्रिय छन् । उनको शब्द, संगीत र स्वर रहेको एकछिन हो जीवन र माया कसरी बस्यो बोलका दुई गीत उनको अफिसियल घामजुन युट्युब च्यानलमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्