मन्त्री लिम्बु र पौडी महासंघका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका अन्तर्राष्ट्रिय पौडी महासंघ(वल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलमले आज युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसंग भेटवार्ता गरेका छन् ।

नेपाल पौडी संघको निमन्त्रणामा आजै बिहान नेपाल आउनुभएका अध्यक्ष मुसलमलार्ई मन्त्री लिम्बुले आफ्नै कार्यकक्षमा स्वागत गर्नुभएको थियो । सो अवसरमा मानव जीवनमा पौडीको महत्व, नेपालका पौडी खेलको विकास र विस्तारका लागि महत्वपुर्ण छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । पुर्व मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलगायतका खेल पदाधिकारीहरु पनि आजको भेटवार्तामा सहभागी रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्