आमा बन्दै अनुष्का

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आउँदो बर्ष आफूहरु तिन जना हुने बताएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु माता–पिता बन्न लागेको खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।

केही दिन अगाडि नायिका करिना कपुरले आफू आमा बन्न लागेको खुलाएकी थिइन् ।

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । बिहे भएको करिब २ बर्षपछि उनीहरु आमा–बुबा बन्न लागेका हुन् । अनुष्का र विराट केही बर्ष प्रेम सम्बन्धमा रहेका थिए । यसपछि उनीहरुले भव्य रुपमा २ बर्ष अगाडि बिहे गरेका थिए । अनुष्का चलचित्रको काममा व्यस्त थिइन् भने विराट क्रिकेट खेल्नमा व्यस्त थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु