सि एण्ड सि अस्पतालको घरदैलो स्वास्थ्य शिविर
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा अवस्थित केयर एण्ड क्युर मल्टी स्पेसलिटी (सि एण्ड सि) हस्पीटलले ललितपुर महानगरपालिका वडा नं १४ संगको सहकार्यमा नखिपोटमा घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शिविरमा करीव ५० जना स्थानीय जनताको प्रेसर, सुगर परिक्षण गरिनुका साथै स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको हस्पिटलकी नर्सिङ विभाग प्रमुख पुनम श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय जनताको घरदैलो मै पुगेर स्वास्थ्य शिविर संचालन गर्ने सो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने अस्पतालले जनाएको छ ।
तपाईको स्वास्थ्य, हाम्रो चिन्ता भन्ने मुल नारालाई आत्मसात गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईरहेको केयर एण्ड क्युर मल्टी स्पेसलिटी हस्पीटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, ओपिडी सेवा, क्याविनसहितको हाई केयर युनिटलगायत संचालनमा रहेको बताइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]