धनमाल चोरी गरेको अभियोगमा २ जना पक्राउ

झापा– मोबाइल तथा सुनका गहना चोरी गरेको अभियोगमा विर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर र सुनसरी धरान उपमहानगरपालिका-२२ पाँचकन्या बस्ने २८ वर्षीय मन कुमार बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । किशोरलाई मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प र बिकलाई मेचीनगर नगरपालिका-९ खुट्टेडाँगीबाट प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका-९ मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट १ थान मोबाइल, संगीता लिम्बुको घरबाट १ थान मोबाइल र झुमादेवी ढुंगाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका-११ बस्ने शोभादेवी ढुंगानाको सुनका विभिन्न गहना चोरी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरूलाई ३ थान औंठी, १ थान पञ्चरत्न बाला, २ थान टप, १ थान माइली तिलहरी र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु