बिना सुचना स्वास्थ्यकर्मीहरुलाई हटाउने निर्णयको बिरोध

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले त्यहाँ करारमा कार्यरत १४३ नर्सिङ स्वास्थ्यकर्मीहरुसहित २७६ जना स्वास्थ्यकर्मीहरुलाई मौखिक सुचनाकै आधारमा सेवाबाट हटाएकोमा नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले कडा शब्दमा विरोध गर्नुभएको छ ।

प्रतिष्ठान प्रशासनले गत असोज १९ गते १४३ नर्सिङ स्वास्थ्यकर्मी र अन्य चिकित्सक, ल्याब प्राविधिक र रेडियोलोजिष्टहरु गरी २७६ करारमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विना पुर्व जानकारी सेवाबाट हटाएको थियो । वरिष्ठ उपाध्यक्ष सुब्बाले दशैंको मुखमा स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरुको योगदानलाई पुर्ण वेवास्ता गर्दै विना अग्रीम सुचना निकाल्ने कुन युगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो भन्दै टिप्पणी गर्नुभएको छ ।

अक्टोबर १० लाई विश्वव्यापी रुपमा विश्व मानसिक दिवसको रुपमा मनाईने गरेको सन्दर्भ समेत जोडेर वरिष्ठ उपाध्यक्ष सुब्बाले सेवाबाट निकालिएका ती तमाम स्वास्थ्यकर्मीहरुको मानसिक अवस्थाको विषयमा समेत गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्