ईलाका प्रहरी त्रिभुवनवस्तीले पुनार्वसमा तपाईंको मास्क खोई ? नेपाल मास्क अभियान शुरू गर्यो ।

रुपेश वि.क

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा तपाईको मास्क खोई ? अभियानको शुरुवात गरिएको छ ।

श्रावण २३ गतेबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रले देशभर सञ्चालन गरिएको ।

नेपाल मास्क अभियान

नेपाल मास्क अभियान अन्तर्गत श्रावण२३ गते देखि २९ गरे सप्ताहव्यापी जनचेतना मुलक कार्यक्रम ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको आयोजनामा पुनर्वास नगरपालिका र सँगसँगै अभियानको समन्वयमा पुनर्वासमा अभियानको शुरुवात गरिएको छ ।

APO tribhuwanbasti

भारतीय खुल्ला सीमाका कारण कोभिड-१९ को तेस्रो चरणको संक्रमणदर उच्च हुन सक्ने भन्दै यस अभियानलाई सफल पार्न सम्पूर्ण नगरवासीहरुमा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले अनुरोध समेत गरेको छ ।

Sagoon Host

APO tribhuwanbasti
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले आईतबार पुनर्वास अन्तर्गत वडा नं ९ बिचफाटा गिरीचोक र मुक्त हलिया वस्ती ‘ख’ गाउमा तपाईको मास्क खोई? सप्ताहव्यापी अभियान सुरु गरेको हो ।

Punarbas mayor
पुनर्वास नगरपालिका र सँगसँगै अभियानको समेत समन्वयमा उक्त कार्यक्रम सुरुवात गरिएको हो ।  पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा,  वडा नम्बर ९ का वडाध्यक्ष नारायण प्रसाद जैसी, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट लगायत अन्य प्रहरी कर्मचारीहरू, सँगसँगैका प्रतिनिधिहरू, पत्रकार र स्थानीय नागरिकहरूको उपस्थितिमा “तपाईँको मास्क खोइ ?, नेपाल मास्क अभियान, महामारी नियन्त्रण तथा रोकथाममा मेरो प्रतिबद्धता; मास्क लगाउनु नै हो आजको आवश्यकता,  म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली” लगायतका नारा सहित मास्क लगाऔँ अभियानको सुरुवात गरिएको बताइएको छ ।

Kailash Singh bist Inspector

20% OFF SAGOON

उक्त कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै मास्क नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरूलाई मास्क वितरण तथा कोभिड १९ को जोखिम सम्बन्धी सचेत समेत गराइएको छ ।

काे

साथै वडा नम्बर ९ मा नै रहेको मुक्त हलिया सुरक्षित आवास वस्तीमा रहेका ३९ घरधुरीमा बसोबास गरिरहेका महिला, बालबालिका, बृद्धबृद्धा र युवाहरूलाई मास्क वितरण तथा कोभिड १९ को सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्ने सम्बन्धी सचेतना दिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो ।

Rupesh bk

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले केही दिन अगाडीबाट नै पुनर्वासका विभिन्न स्थानहरूमा तपाईंको मास्क खोई ? लगायत कोभिड-१९ महामारी सचेतना कार्यक्रम गर्दै समेत आएको छ।

भने सँगसँगै अभियानले कोभिड-१९ महामारीको दोश्रो चरणको शुरुवाती समयबाट नै कन्चनपुर जिल्लाका चार स्थानीय पालिका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा कोरोना महामारी रोकथाम तथा व्यवस्थापन गर्नुका साथै पालीकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने, अक्सिजनको व्यवस्था गर्ने, कोभिड अस्पतालमा संक्रमितलाई खाना खुवाउने, संक्रमित भै होम आइसोलेसनमा बसेका आप्रवासी कामदार तथा अन्यलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री उपलब्ध गराउने, सामाजिक सञ्जालमा पर्चा पम्पलेट पिएस्सेको माध्यमबाट सचेतना फैलाउने, रेडियो कार्यक्रम गर्ने, लगाएका कार्यक्रम गर्दै आईरहेको छ।

नेपाल मास्क अभियान २०७८

ईलाका प्रहरी कार्यालय

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु