
युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचीत
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको हालै धरानमा सम्पन्न तेस्रो महाधिवेशनबाट पार्टीका युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनले मञ्चको अध्यक्षमा भने कुमार लिङदेनलाई नै पुर्ननिर्वाचित गरेको छ ।
बि.सं. २०६३ मा मञ्चको सदस्यता लिएका बान्तवा २०६४ सालमा झापा, बिर्तामोडको कन्काई क्याम्पसस्थीत संघिय बिद्यार्थी युनियनको सहसचिव बनेका थिए । २०६५ सालमा स्ववियु चुनाव पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्छ भन्ने माग राखी उठेको आन्दोलनको नेतृत्व बान्तवाले नै गरेका थिए । सोही समयमा विद्यार्थी मनिल तामाङको ज्यान गएको थियो । । त्यसपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, ईलामको जिल्ला सहसचिव(२०६८) हुदै २०७३ सालमा वरिष्ठ उपाध्यक्ष बनेका युवा नेता बान्तवा २०७४ सालको निर्वाचनमा मञ्चको तर्फबाट ईलाम जिल्लामा सबैभन्दा कान्छो समानुपातिक उम्मेदवार बनेका थिए ।
नवनिर्वाचित संघीय सदस्य बान्तवाले बाराम्बार संघीयता र पहिचानको लागि भएका लिम्बुवान स्प्रीङजस्ता आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निभाउदै आएका छन् । राजनीतिका साथै समाजसेवामा पनि उनि निकै सक्रिय रहेको देखिन्छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]