गुण्डा नाइके गिरीको आगमन अघि चौकीदार राईको सरुवा, मोरङ कारागार भित्र विवाद, बाहिर प्रदर्शन

महानिर्देशक भन्छन्– गिरीको सरुवा तत्काललाई स्थगन गरियो

२१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदारलाई स्थानान्तरण गरिएको छ । जिल्ला कारागार मोरङको चौकीदारमा नविन राई थिए । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो ।

चौकीदार सारिए पनि गिरीलाई मोरङ स्थानान्तरणको निर्णय कार्यान्वयन गरिएको छैन ।

जिल्ला कारागार मोरङका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार राईलाई सोमबार स्थानान्तरण गरिएको हो । तीन वर्षअघि चौकीदार बनाइएका राईलाई झुम्का पठाएपछि अर्काे व्यवस्था नभएसम्मका लागि किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको छ ।

‘काम नरोकियोस् भन्नका लागि हत्या मुद्दामा कैद भुक्तान गरिरहेका गुरुङलाई अर्काे व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइएको हो,’ उनले भने, ‘अभिषेक गिरीको सरुवा पत्र एक महिना अघि आएको थियो, कैदी आउने टुङ्गो छैन ।’

कारागार निकट स्रोतका अनुसार गिरीलाई ल्याउनका लागि चौकीदारको सरुवा गरिएको हो । गिरीलाई मोरङ पठाउने निर्णयको विरोध भएपछि भने उनको स्थानान्तरण तत्काललाई रोकिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालका अनुसार गिरीलाई मोरङ पठाउने निर्णय तत्काललाई स्थगन गरिएको छ । ‘गिरीलाई मोरङ स्थानान्तरण गर्ने निर्णय तत्काललाई स्थगन गरिएको छ,’ उनले अनलाइनखबरसँग भने ।

Sagoon Host

कारागार भित्र लफडा, बाहिर नाराबाजी

चौकीदार राईलाई झुम्का पठाउने निर्णयको विरोधमा सोमबार कारागार भित्र विवाद भएको थियो । कैदीबन्दीले अवरोध गरेपछि बिहान गर्ने भनिएको स्थानान्तरण बेलुका मात्रै भएको थियो । अभिषेक गिरीलाई ल्याएर चौकीदार नियुक्त गर्न नहुने भन्दै राईनिकट कैदीबन्दीले सरुवाको विरोध गरेका थिए ।

20% OFF SAGOON

मंगलबार कैदीबन्दीका आफन्तले कारागार अगाडि प्रदर्शन गरेका थिए । गिरीलाई विराटनगर नल्याउन माग गर्दै कैदीबन्दीका आफन्तले कारागार अगाडि प्रदर्शन गरेका हुन् । गिरीले पहिले पनि कैदीबन्दीलाई यातना दिएको उल्लेख गर्दै उनीहरुले स्थानान्तरणको निर्णय रोक्न माग गरे ।

गिरी यसअघि मोरङ कारागारको चौकीदार थिए । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो । तर भदौ १७ गते पुनः विराटनगर सरुवाको निर्णय भएको हो ।

 

 

एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्ने परम्परा छैन । तर कांग्रेस नेताहरुको दबावमा उनलाई विराटनगर सरुवाको निर्णय भएको हो । गिरी नेपाली कांग्रेस नेताहरुको संरक्षण पाएका व्यक्ति हुन् ।

अभिषेक गिरीसँगै उनका टीमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको छ । गिरीका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज कार्कीलाई विराटनगर पठाउने निर्णय भएको पत्र गत भदौ तेस्रो साता विराटनगर आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु