न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे

४ चैत, काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् ।

न्यूजिल्याण्डका वन्यजन्तु अधिकारीले दक्षिण टापुको फेयरवेल स्पिटको तीन किलोमिटर क्षेत्रमा पहिलो पटक मरेका ह्वेल फेला पारेका थिए ।

त्यही ठाउँमा फसेका केही ह्वेललाई उद्धारकर्ताहरूले पुनः समुद्रमा नै पठाएका थिए । अधिकारीहरूले ह्वेल मर्नु दुर्भाग्यपूर्ण भए पनि यसरी ह्वेल पानी बाहिर आउने र समुद्र किनारमा मर्ने घटना प्राकृतिक रहेको बताएका छन् ।

सन् २०१७ को फेब्रुअरीमा करिब ७०० ह्वेल समुद्री किनारमा आएका थिए, तीमध्ये २५० वटाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु