प्रदेश प्रमुख खापुङसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बिराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९ र ८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुख खापुङले वि.सं.२०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिए पनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताउनुभएको छ । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताउनुहुदै प्रदेश प्रमुखले यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताउनुभएको छ । युवावस्थामा प्रेम भए पनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उहाँको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्