गायक सन्तोष फागो र गायिका मिलन नेवारले ल्याए ‘शितल पवन’ (भिडियो )

काठमान्डौ -गायक सन्तोष फागो र गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘शितल पवन ‘ सार्वजनिक भएको छ । बिदेशमा रहेर पनि निरन्तर नेपाली गीतसंगितलाइ माया गरिरहने सन्तोष ले यो भन्दा एक बर्ष अघि गायिका सुनिता थेगिमसंगको सहर्कार्यमा  ए माछी जालैमा ” ल्याएका थिए।

साइराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्बजनिक उक्त गीतमा दिपेन्द्र खड्काको शब्द रहेको छ भने संगीत संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीतलाइ छोटो समयमा निकैले मन पराएका छन।

विषम आचार्यको एरेन्ज रहेको म्युजिक भिडियोमा उत्तम श्रेष्ठ (सिसिर ) र समारिका ढकालले अभिनय गरेका छन् । भिडियोलाई छायाकार मुकेश हुमागाईं र उनका टीमले खिचेका हुन् भने भिडियो सम्पादन मिन रावलले गरेका हुन् । भिडियोको निर्देशन राहुल बरैली गरेका हुन् ।

भिडियो ‘शितल पवन 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु