
प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरूले पत्रकार सम्मेलन गरेर राजीनामा दिने
काठमाडौँ– सरकारका रहेका पूर्व माओवादी र माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।
एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन्।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको बताइएको छ।
रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।
उनीहरूमध्ये थापा र भट्टले राजीनामा दिन्छन् कि दिन्नन भन्ने खुलिसकेको छैन।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



