वरिष्ठ हास्यव्यंगकार भैरव अर्यालको कृतिमा आधारीत नाटक मन्चन हुदै

काठमाडौं । हास्यव्यंगका बादशाहका उपमा पाएका स्वर्गीय भैरव अर्यालको कृतिमा आधारीत नाटक ‘ह राम पण्डित’ आगामी भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र भैरव अर्याल पुरस्कर गुठीको सहकार्यमा तयार भएको उक्त नाटकको आलेख र निर्देशन बारत लिम्बुको रहेको छ ।

वरिष्ठ हास्यव्यंगकार भैरव अर्यालले लेखेको काउकुती, जय भुडी, इतिश्री निबन्ध संग्रह भित्रको निबन्धहरुमा यो नाटक आधारीत रहेको निर्देशक लिम्बूले बताए ।‘मानिस मरेपछि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन्, यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा झञ्झट, झमेलाको सामना गर्छ यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ ।’ निर्देशक लिम्बुले भने ।

नाटक ‘ह राम पण्डित’मा श्रवण राना मगर, विकास जोसी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्वल राई, सुनिल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गरेका छन् भने नरेश गजुरेल र अर्पन महर्जनले प्रत्यक्ष संगीत दिएका छन् । यसैगरी सो नाटकको सेट निर्माण हुम बिसी र सेट डिजाईनिङ प्रविण खतिवडाको रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्