
जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो
१ मंसिर, धनुषा । जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए ।
कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाए ।’\
तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको झाले जानकारी दिए । तालाबन्दी खुलेपछि विना अवरोध पढाइ भइरहेको झाले बताए । आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।
कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरुले आज बिहान कलेजको विज्ञान संकायतर्फ ताला लगाएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]