ठमेलबजार र मेरा काला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख

ठमेलबजार र मेराकाला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख

काठमाडौं -चर्चित गीत ठमेल बजारकी गायिका मिना निरौला र चर्चित गीत मेरा काला दारी गीतका गायक अर्जुन पौडेलले करीब एक बर्ष पहिले गाएको गीत बबालले करिब ११ लाखको माया पाएको छ।

 

बबाल एक बर्ष अघी बेस म्युजिक नेपाल यूटुब च्यानल (BASS MUSIC NEPAL)  बाट सार्वजनिक भएको थियो। बबाल लाई दर्शक श्रोताले अहिले पनि उत्तिकै माया गरिरहेको गायक अर्जुनले पहिलो प्रहर लाई बताए। पछील्लो समय गायक पौडेलले गायिका इन्दिरा जोशीसँग गाएको गीत मेरा काला दारिले पनि निकै बजार तताएको थियो।

बेलायतमा रहेकी गीतकार जानु काम्बाङ्ग लिम्बुको शब्द रहेको गीत बबालको संगीत भने मिन बिष्टले गरेका हुन। नयाँपन ल्याउन खप्पिस मिनले गीतको सुरुवातमै अनौठो प्रयोग गरेका छन। जसलाई गायिका दुर्गा साउदले निभाएकी छन।

Babaal
गायिका मिना निरौला र गायक अर्जुन पौडेल

 

निर्देशक सोनाम पाख्रिनको निर्देशन रहेको बबालमा एलिशा राइ र भिमफेदी गाइजलाई फिचरिङ्ग गरिएको छ। सिनेमटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाइले खिचेका उक्त भिडियोको सुशिल न्यौपानेले गरेका हुन।

Sagoon Host

 

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु