रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ -रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ।

पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले तत्काल कुनै निर्णय नभएको बताएका छन्।

“हाम्रो बैठक सुरु हुन लाग्दा दुवै जनाले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको समय मागेकाले दुई दिन पर्खन हामी तयार भएका हौँ,” ढकालले भने।

“आवश्यक परे दुई दिन पछि फेरि निर्णय लिनेछौँ।”

बिहीवार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा गृह मन्त्रालय पार्टीलाई नदिइएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको थियो।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री छन्। यसअघि पार्टी सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए।

स्वतन्त्र पार्टीको बैठक
स्वतन्त्र पार्टीको बैठक

 

Sagoon Host

अमेरिकी नागरिकता त्याग गरेका लामिछानेले नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत साता उनको सांसद पद खारेज गरिदिएसँगै उनले राजीनामा दिए।

नेपाली नागरिकता सक्रिय बनाएपछि पुनः गृहमन्त्री बन्न प्रयास गरे पनि प्रधानमन्त्रीले उनलाई गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारले संसद्‌मा बहुमत भने गुमाएको छैन। हाल १९ जना सांसद रहेको यो दलले समर्थन फिर्ता लिए पनि सरकारसँग संसद्को बहुमत अङ्कगणित छ।

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु