कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

टीकापुर,कार्तिक २४-

एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ। लम्की चुहा नगरपालिका वडा नं.१ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो।

टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु