
संगठित रुपमा विद्युतिय माध्यमको प्रयोग गरी अनधिकृत रुपमा अर्काको खाताको रकम निकाली हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ
काठमाण्डौ -ललितपुर जिल्ला ललितपुर म.न.पा.-१५ सातदोबाटो बस्ने हरिप्रसाद ढकालको NIC ASIA बैंकमा रहेको मोबाईल वैंकिङ खाता मिति २०७९।०८।२५ गते बेलुका १९:०० वजे देखि मिति २०७९।०८।२६ गते विहान ०१:०० बजे सम्म अनधिकृत रुपमा प्रवेश गरी बिभिन्न व्यक्तिहरुको नाममा रहेको ई-सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरि ठगि गरेको भन्ने व्यहोराको उजुरी सम्वन्धमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका निम्न व्यक्तिहरुले संगठित रुपमा विद्युतिय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गर्ने गरेको देखिन आएकोले जिल्ला प्रहरी परिसर ललितपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्दै जाँदा मकवानपुर र काठमाडौँ जिल्लाबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट वैंकिङ कसूर मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका मानिसहरुः-
१) भारत देश बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर वडा नं.७ बाजपट्टी थाना स्थायी वतन भई हाल काठमाण्डौ मा.न.पा.वडा नं.४ चावाहिल बसी सोही स्थानमा IMEI संचालन गरी बस्ने बर्ष २९ को अवधेश कुमार ।
२) जिल्ला सप्तरी साबिक सितापुर गा.बि.स.वडा नं.८ को हाल परिवर्तित कृष्णासवरन गाउँपालिका वडा नं.२ भई हाल काठमाण्डौ जिल्ला बौद्ध जोरपाटी नारायणटार बस्ने भवन चौधरीको नाती,सुरत लाल चौधरी र वचन देवी चौधरीको छोरा बर्ष ३४ को दिलिप कुमार चौधरी
३) जिल्ला पर्सा विन्दवासिनी वडा नं. ८ बस्ने ब्रहमदेव साह कानु र कलावती देवीको छोराबर्ष ३३ को अजय चौधरी भन्ने नगेन्द्र साह कानु
४) जिल्ला रौतहट रङगपुर न.पा.वडा नं. १ स्थायी वतन भई हाल जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा.वडा नं. बस्ने राम धारी चौधरी र कलावती चौधरीको छोरी बर्ष २७ की रविना चौधरी
५) जिल्ला वारा कोलबी न.पा.वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न. पा.वडा नं. ९ गुम्वा चोक बस्ने सन्तोष कुवंर
६) जिल्ला पर्सा बिरगंञ्ज महानगरपालीका वडा नं.२५ स्थायी वतन भएका बर्ष २८ को राजु पटेल
७) ऐ.ऐ.१३ स्थायी वतन भएका बर्ष २० को साहिल परबेज
८) ऐ.ऐ.बस्ने दिनेश राउत र अक्ली राउतको छोरा बर्ष १९ को शिवशंकर राउत
बरामदी सामानहरु :-
१) विभिन्न कम्पनीको मोबाईल थान -९
२) Laptop थान -१
३)ATM Card थान -५
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]