फेसबुकको नाम फेरेर मेटा राखियो

१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् ।

एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।

जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ । यसअघि फेसबुकको लोगो बुढी औंला माथितिर फर्किएको ‘लाइक’ लोगो थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु