रोहिणी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत

‘चालक निदाएकाले दुर्घटना’

२३ जेठ,बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्ऽ पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।

स्तै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा- ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘चालक निदाएकाले दुर्घटना’

Sagoon Host

रोहिणी गाउंपालिका ३ रोहिणी पुलमा भएको उक्त दुर्घटना चालक निदाएको कारणले भएको धेरैको ठम्याई छ । दाया साइडबाट गुड्नुपर्ने बस बायां साइडमा गएर पुलका १० वटा रेलिङ भांचेर खोलामा खसेकाले चालक निदाएर वा तीब्र गतिले अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए । ‘चालक घाइते भएकाले उनी बोल्न सकेका छैनन्,सहचालकले आफू निदाएको बताएका छन्,हाम्रो अनुमान पनि चालक निदाएकै कारण दुर्घटना भएको हो भन्नेमा बढी छ’-केसीले भने ।

घटनास्थलमा पुगेर उद्धारमा संलग्न रोहिणी गाउंपालिका २ का वडाध्यक्ष करम खानले चालक निदाएर ब्युंझिंदा अनियन्त्रित भएर दुर्घटना भएको देखिएको बताए । ‘घाइतेहरुसंग कुरा गर्दा चालक निदाएकै कारण दुर्घटना भएको भनेका छन्’-खानले भने ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलमा आवद्ध छ । यो प्रालि नेपालमा सबैभन्दा धेरै बस भएको संस्था हो ।

20% OFF SAGOON

घाइतेहरूको नामावली

१. जिल्ला धनुषा हंसपुर न.पा.-३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.-१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.-९ बस्ने वर्ष ३१ को राकेशकुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.-५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । -सह-चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.-२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । -बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.- ३ बस्ने वर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने वर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ बस्ने वर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास ।
२२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव ।
२३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु