राजाको तस्वीर भएको नोट देख्दा रसायो आँखा ! – रन्जु काफ्ले

स्वर्ग जस्तो देशलाई नर्क बनाउन नेपालका बहुरुपी नेतालाई देशीविदेशी दलालले फसायो ! सडकको पेटिमा बसेर राजाको फोटो भएको पैसा बेचेर बिहान बेलुकाको छाक टारिरहेका छन् कोही ! राजा आउ देश बचाउ भन्दै रुँदैछन कोही !

आम जनताको भावना नबुझ्ने गलगाँडतन्त्रका मतियारहरु सिमित स्वार्थ पूरा गर्न राष्ट्र र राष्ट्रियता दाउमा राख्दैछन् । किन ??? उनिहरुको मात्र बाउको पुर्ख्यौली सम्पत्ति जस्तो भागबन्डा लगाएर राज्यको ढुकुटी रित्याएर डकारेर बसेका छन् । लाज,घिन,सरम पचे पछि कसको के लाग्छ ?,पाप धर्मको ख्याल छैन, नैतिकता पतन भएका ब्यक्तिलाई सत्तामा पुर्याउने को हुन् ? सबैले म म भनौँ!

बिकृती बिसंगतिले सिमा नाघिसक्यो, राष्ट्रिय खाना मम, चाउमिन, पिज्जा र बर्गर! जन्मदिनमा केक नकाटे बर्थडे बेकार भयो ! जन्मदिनमा मात्र हो र ? मान्छे मरेको बेला पनि केक काटेर उत्सव मनाउने चलन आउला जस्तो छ! यो छाडातन्त्र, मनपरितन्त्र, डर कसैको छैन जसलाई जे मन लाग्यो त्यही गर्ने छुट छ । निर्दोष फस्छ, दोषिले उन्मुक्ति पाउँछ, लुटेरालाई मस्ती,सोझासाझालाई सास्ती खै कस्तो ब्यबस्था आयो ? सिमित ब्यक्तिलाई फाइदा पुगे भयो, अरु बाँचुन् कि मरुन्, सत्तामा पुग्ने आतंककारीहरुलाई देश र जनताको माया छैन् । अब त अत्ति भएको हैन ?? नेपालको माटो सुहाउँदो राजसंस्था नै हो । अनेकौं आरोप लगाएर हटाए, बिकासको बाधक राजा नै थिए भने १५ बर्ष भयो राजा हटेको नेताले कति उद्योग, कलकारखाना खोलेर बिकासको मुल फुटाए, जात र धर्मको नाममा गरिएको लाजनीतिले मिलेर बसेको परिवार,समाज ,समुदाय बिचको मानवता नै टुटाए !

धन्य, गलगाँडतन्त्र बधाई छ । मंसिर ४ पछि नेपालको ब्यबस्था र जनताको अवस्था बदल्ने लडाइँ छ । हेरौँ कसको जित हुन्छ ? फैसला जनताको हातमा छ । हाम्रो समर्थन राष्ट्रप्रेमिको साथमा छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्