चर्चित गीत परानै दिन्छुका गीतकारले ल्याए अर्को मन जित्ने गीत ‘सुनन परानै दिन्छु’

काठमाडौं । एक पछी अर्का चर्चित गीतहरु लेखेका गीतकार प्रलाद शाहका गीतहरु क्रमश: आउने क्रममा छन। भर्खर मात्र अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीत ‘सुनन परानै दिन्छु’ यूटुबमा सार्वजनिक भएको छ ।

गीतको भिडियोमा पहिलो प्रेमको सुरुवाती कथा देखाइएको छ । संगीतकार हरि लम्साल र गायिका मेलिना राईको स्वर रहेको गीतको संगीत हरी स्वमले गरेका हुन। ।
काभ्रेको पनौती नगरपालिकाको कुशादेवीमा छायाँकन भएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।गीतको भिडियो नेपालमा लोपुन्मुख अवस्थामा पुगेको पानी घट्टामा समेत देखाइएको छ ।
भिडियोमा उत्तम हुमागाईको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



