विष्णुदत्त–सरस्वती आङ्बुहाङ पुरस्कार हस्तान्तरण र १ करोडको कोष वृद्धि घोषणा हुदै

काठमाडौं । लिम्बुवान अध्ययन केन्द्रले आज स्वर्गीय कृष्णविक्रम नेम्बाङको पुस्तक ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई १ लाख राशीको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गर्नुका साथै १ करोड रुपैयाको पुरस्कार कोष बृद्धि घोषणा समेत गर्ने भएको छ ।

आज ललीतपुरमा आयोजना हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तिलविक्रम नेम्वाङ(बैरागी काइला) र पुरस्कारदाता विष्णुदत्त आङ्बुहाङद्धारा संयुक्त रुपमा स्वर्गीय नेम्वाङको परिवारलाई प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गर्नुहुनेछ । लिम्बुवान अध्ययन केन्द्रका उपाध्यक्ष डा. युवराज लिम्बुको संयोजकत्वमा बनेको पुरस्कार छनोट समितिले स्वर्गीय नेम्वाङको पुस्तकलाई विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१ का लागि सिफारीश गरेको थियो । लेखक नेम्वाङले पुस्तकमा याक्थुङ लिम्बू जातिको इतिहास र लिम्बूहरुसंग तिब्बती, लेप्चा, कोच, सेन र रायसंगको सम्बन्धबारे चर्चा गर्नुभएको छ ।

यसअघि आङ्बुहाङ परिवारद्धारा ५० लाख रुपैयाँको कोष खडा गरि “विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष” संचालन हुदै आएकोमा आज थप ५० लाख रुपैया कोषदाताले जम्मा गर्दै कोष राशी १ करोड रुपैयाँ पुगेको घोषणा समेत गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्