गीतकार सुबाश रेग्मिको चुर्लुम्मै डुबे सार्वजनिक (भिडियो सहित )
काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार गीतकार सुबाश रेग्मीको शब्दमा अर्को नयाँ गीत ‘चुर्लुम्मै डुबे’ सार्वजनिक भएको छ।
चर्चित गायक रामचन्द्र काफ्ले र समिक्ष्या अधिकारिको यूगल स्वर रहेको गीत माया ‘चुर्लुम्मै डुबे‘ मा संगीतकार बि बि अनुरागिको संगीत रहेको छ। बिन्धबासिनी म्युजिक नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोलाई दर्शक तथा श्रोताले मान पराउने आशा लिएको गीतकार के सि ले बताए।
भिडियो निर्देशक काजिस श्रेष्ठको नृत्य तथा भिडियो निर्देशन रहेको उक्त गीतमा दुर्गेश थापा, सामरिका ढकाल र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन।
उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले पहिलो प्रहरलाई जानकारी गराए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




