प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

४ कात्तिक, दाङ । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीधर रोकाका अनुसार सो बस आज बिहान दाङबाट प्युठान आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु