नारायणको शब्दमा निकेशले तयार पारे मन छुने भिडियो, रन्जित र गीताको बेजोड अभिनय (भिडियो )
काठमाडौंः गायक केतन छेत्रीको स्वरमा रहेको गीत ‘छाडि गएउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नारायण रसाइलिको शब्द रहेको यो गीतको संगीत सुभाश भुसालले गरेका हुन भने सम्योजन पुरुशोत्तम सुबेदीले गरेका हुन।
कोरोना महामारिको अवस्थालाई समेत भिडियोमा उतारिएको छ, जुन सत्य घटनामा आधारित रहेको गीतको टीमले पहिलो प्रहर सँग बताए।
फील नामक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतलाई रेकर्डिस्ट कुमार के सि ले गरेका हुन भने मिक्सिङ- मास्टरिङ्ग अशोक महर्जनले गरेका हुन।
सार्वजनिक गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल तथा भि जे रन्जित पौडेल र गीता ढुंगानाको अभिनय देख्न सकिनछ । कोरोना महामारिको अवस्थालाई समेत भिडियोमा उतारिएको छ, जुन सत्य घटनामा आधारित रहेको गीतको टीमले पहिलो प्रहर सँग बताए।

चर्चित निर्देशक निकेश खडकाको निर्देशन रहेको उक्त भिडियो लाई बुद्ध थापाले खिचेका हुन भने बिकास धमलाले सम्पादन गरेका हुन।
तारा लोहनी रसाइलीको प्रोडक्सन रहेको भिडियो भाबी लाल गोल्ड हाउस नमक यूटुब च्यानलमा सार्वजनिक गरिएको हो। # छाडि गएउ
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]