
हराएको ११ तोला सुन पाउँदाको खुशी…
१३ कार्तिक,बुटवल । बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो ।
कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो । झोला हराएपछि उनले प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदनका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए ।
हराएको सुनका गहना पाउँदा पोखरेलको मुहारमा खुशी छाएको थियो । पोखरेलले हराएको गहना फेला पार्ने प्रहरीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


