
पुनर्वासमा ट्राफिक प्रहरीको सक्रियता बढ्दै २० सवारी कार्वाही अन्यलाई सचेतना ज्ञान
रुपेश वि. क,
कंचनपुर जिल्लाको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिकामा ट्राफिकले सक्रियता बढाएको छ ।
पुनर्वास नगरपालिका मुख्य बजार तथा गाउँ घरमा तीन जना सवार हुने र हेलमेट नलगाउने गरेको पाइएकाले शुक्रबार देखि ट्राफिकले आफ्नो सक्रियता बढाएको हो।
केही दिन अघिबाट सामाजिक सञ्जालमा चर्को रुपमा हेलमेट नलगाएर मोटरसाइकल चलाउनेहरु संख्या बढेको र ट्राफिक प्रहरीको चेकजाँच पुनर्वास र धनगढीलाई जोड्ने दोदा पुलमा मात्र केन्द्रित प्रहरीको निष्क्रियता भएको भन्दै आलोचना भए पछी ट्राफिकले सक्रियता बढाएको हो ।
शुक्रवार अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवनबस्ती र डोकेबजारद्वारा पुनपा ५ अन्तर्गत सिम्रिमा सयुक्त चेकजाँच गरिएको छ ।
चेकजाचका क्रममा १ सय सवारीलाई चेकजाँच गर्दा २० बढीलाई कार्बाही गरिएको र नियमित रुपमा चेकजाँच गरिने अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनवस्तीका ट्राफिक प्रहरी प्रमुख सहायक निरीक्षक विक्रम बहादुर चन्दले बताउनुभयो ।
साथै उक्त चेकजाँचका क्रममा धेरैजस्तो स्थानीय चालकलाई हेलमेटको फित्ता नबान्ने, तिव्र गतिमा सवारी चलाउने, मोबाईल फोन प्रयोग गरी सवारी चलाउने सवारी चालकहरुलाई अस्थाई ट्राफिक प्रहरी पोस्ट डोकेबजारका ईन्चार्ज प्रहरी हवल्दार चन्द्र देव भट्टले सचेतना मुलक ज्ञान दिएको बताउनु भयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



