माया कुरा सुनिदेउ – सन्जु मोक्तानको पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौं । रियालिटी शो भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै चर्चा कामाउन सफल गायिका सन्जु मोक्तानको स्वरमा रहेको नयाँ गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ । गीतमा गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द र कल्याण सिंहको संगीत अनी विषम आचार्यको एरेन्ज रहेको छ ।
श्याड पप शैलिमा तयार भएको गीतको भिडियोमा गायिका सन्जु र सन्तोष बानियाको अभिनय देख्न सकिन्छ । भिडियो गीतकार अम्गाइकै आफ्नो अफिसियल यूटुब च्यानल M3 MEDIA NEPAL बाट सार्वजनिक भएको हो।
निर्देशक सोनाम पाख्रिन द्वारा निर्देशित उक्त गीतको भिडियोलाई बुध्द थापाले खिचेका हुन भने बिकास दाहालले सम्पादन गरेका हुन् ।
केहि समयअघि किरण गज्मेर र अस्मिता अधिकारी को स्वरमा आँखा आँखा जुधी गीतले निकै राम्रो चर्चा कमाएकै बेला गीतकार अंम्गाईले एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका छ्न ।
गोर्खा जिल्ला फुजेल जन्मथलो भएर बिगत २०बर्ष देखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतको श्रीब्रिद्दी को लागि लागि पर्ने अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन । अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न । हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका उनको गीतहरु नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देसर आँखा आँखा जुधि उनका चर्चित गीतहरु हुन ।

उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीरहेका छ्न र यो बर्ष गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कारमा उत्कृष्ट दस जना गीतकार भित्र तिमीलाई सन्देस गीत बाट नोमिनेसनमा परिसकेका छ्न ।
# माया कुरा सुनिदेउ
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]






