एक थान भरुवा बन्दुक सहित पक्राउ
स्याङ्जा-चापाकोट नगरपालिका-७ बडडाँडा बस्ने ४१ वर्षीय बम बहादुर मल्ललाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रत्नपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्नेक्रममा अवैध रुपमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस

