बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ
पर्वत-१३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


