बारा : १८० केजी गाँजासहित कार सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बारा, १५ भदाै । बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र कारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १२ का प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक निरन्जन भण्डारिले जानकारी दिए ।

श्रोत:-news24nepal.tv

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु